गुठी विधेयकका विषयमा चाँडै निर्णयमा पुगिने प्रधानमन्त्रीको भनाइ

188

काठमाडौ, असार ३ :प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधयकका बिषयमा चाँडै यथोचित निर्णय गर्ने बताउनुभएको छ । नेकपाका तर्फबाट निर्वाचित काठमाडौं उपत्यकाका प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसद,नगरप्रमुख,उपप्रमुख र वडा अध्यक्षहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले विधेयकका विषयमा परामर्श गरिरहेको र सरकारले चाँडै यथोचित निर्णय गर्ने बताउनुभएको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागी जनप्रतिनीधिहरुले विधेयकका बारे विभिन्न राय राख्नुभयो । राष्ट्रियसभामा नेकपाका नेता दिनानाथ शर्मा, साँसदहरु पम्फा भूसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ र अन्जना विशंखे तथा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले धारणा राखेपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा छलफल र परामर्स गरिरहेको चाँडै निर्णयमा पुग्ने बताउनु भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here