काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

127

काठमाडौ‌ं, असार ३ :  प्रतिनिधिसभाको म‌ंगलबारको बैठकमा प्रतिपक्ष दलले प्रधानमन्त्रीको सम्बोधन अगाडि आफ्नो भनाइ राख्न पाउनुपर्ने माग गर्दै अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको बैठक शुरु भएको धोषणा गर्नासाथ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सासंदहरुले उठेर विरोध जनाउनु भयो ।  त्यसपछि सभामुखले प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई सार्वजनिक महत्वको विषयमा मन्तव्य दिन समय दिनुभयो । सार्वजनिक महत्वको विषयमा मन्तव्य दिन प्रधानमन्त्री रोष्टम पुग्नु भएपछि नेपाली काँग्रेसका सासंदहरुले पहिला प्रतिपक्षले भनाई राख्न पाउनु पर्ने भन्दै विरोध स्वरुप रोष्टम अगाडी गएर नाराबाजी गर्नु भयो । काँग्रेस सासंदहरुले संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गर्नु भयो। सभामुखले प्रधानमन्त्रीको संम्बोधन पछि प्रतिपक्षलाई बोल्न समय दिने भन्दै प्रधानमन्त्रीलाई बोल्न दिन पटक-पटक आग्रह गर्नु भएको थियो ।   काँग्रेस सासंदहरुले संसदीय मर्यादा अनुरुप पहिला प्रतिपक्षले भनाई राख्न पाउनु पर्ने भन्दै नाराबाजी गरिरहेपछि सभामुखले बैठक भोलि बुधबार ४ गते ११ बजे सम्मकालागि स्थगित भएको घोषणा गर्नु भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here