निजामति कर्मचारीहरुको हकमा योगदानमा आघारित पेन्सन योजना लागू गर्ने

247
योगदानमा आधारित पेन्सन

सरकारले २०७५ श्राबणबाट सरकारी सेवामा प्रवेश गर्ने निजामति कर्मचारीहरुको हकमा योगदानमा आघारित पेन्सन योजना लागू गर्ने भएको छ । यसका लागि निर्वृतिभरण कोष स्थापनका गर्न सरकारले संसदमा विद्येयक प्रस्तुत गरेको छ ।

अब सरकारी सेवामा प्रवेश गर्ने कर्मचारीहरुले हरेक महिना आफनो तलवको ६ प्रतिशत रकम पेन्सनकालागी कटौती गर्नु पर्ने छ । त्यसमा सरकारले सत प्रतिसत थप गरी निवृतिभरण कोषमा जम्मा गरदिने व्यवस्था विधेयकमा छ । सोही रकम सेवाबाट अवकाश भएपछि पेन्सनका रुपमा कर्मचारीले पाउने छन् ।

योगदानमा आधारित पेन्सन प्रणाली कार्यान्वयन गर्न सरकारले निर्वृतिभरण कोष स्थापन गर्ने भाएको हो । निर्वृतिभरण कोषमा जम्मा भएको रकममा संम्बन्धित कर्मचारी बाहेक अन्य कसैको हक लाग्ने छैन । कुनै कर्मचारी बेतलवी वा असाधारण विदामा बसेमा, केही समयको लागि निलम्बनमा परेमा निलम्बनमा रहेको अबधिको तलव कोषमा जम्मा नहुने व्यवस्था विधेयकमा गरिएको छ ।

कोषमा जम्मा भएको रकममा आयकर नलाग्ने लगायतका व्यवस्था विधेयकले गरेको छ ।हाल सम्म झण्डै साढेदुइ लाख निजामति कर्मचारीले मासिक पेन्सन लिदै आएका छन् । पेन्सनको भार बार्षिक ४० अर्ब भन्दा माथि पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here