पूर्व उपराष्ट्रपति अमादो बाउदोलाई भ्रष्टाचार अभियोगमा पाँच वर्ष १० महिना जेल

14
अर्जेन्टिनाका पूर्व उपराष्ट्रपति अमादो

अर्जेन्टिनाका पूर्व उपराष्ट्रपति अमादो बाउदोलाई भ्रष्टाचार अभियोगमा पाँच वर्ष १० महिना जेल सजायँ गरिएको छ । आफू सत्तामै रहँदा गरेको व्यापारका माध्यमले पैसा छाप्ने कम्पनी खरिद गर्ने प्रयास गरेको अभियोगमा उहाँलाई सो सजाय सुनाइएको हो । पूर्व राष्ट्रपति क्रिस्टिना फर्नान्डेजको कार्यकालमा उपराष्ट्रपति बाउदो शक्तिमा हुनुहुन्थ्यो ।

तत्कालिन राष्ट्रपति फर्नान्डेजलाई आगामी हप्ता अर्को ठूलो भ्रष्टाचारको केसमा प्रमाण सहित उपस्थित हुन भनिएको छ । पूर्व राष्ट्रपति र उपराष्ट्रपति दुबैले वर्तमान राष्ट्रपति म्युरिसियो म्याक्रीले राजनीति प्रतिशोधका आधारमा आफूहरुलाई फसाइएको बताउँदै आउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here