विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत मात्र उत्तीर्ण

183

काठमाडौं, असार १६:विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र उत्तीर्ण र १२५ जना अनुत्तीर्ण भएका काउन्सिलले जनाएको छ । यसैगरी नेपाल नर्सिङ परिषद्ले लिएको नर्सिङ दर्ता प्रमाणपत्र परीक्षामा ३५ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । परिषद्का अनुसार सो परीक्षामा एक हजार ५०१ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ५२६ जना मात्र उत्तीर्ण भएको परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष प्रा गोमा निरौलाले यसपटकको परीक्षामा अपेक्षाकृत नतिजा नआएको तर यसैका आधारमा नर्सिङको शैक्षिक गुणस्तर खस्केको भन्न भने नमिल्ने बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here