त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गको स्तरोन्नति गर्ने काम सम्पन्न

264

काठमाडौं, असार १६:त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति गर्ने काम निर्धारित समयमै सकिएको छ । मर्मतको काम सकिएसंगै विमानस्थल आजैदेखि २१ घण्टा सञ्चालनमा आएको छ । मर्मतको काम बढीमा ९० दिनभित्र सकिने लक्ष्य निर्धारण गरिएको थियो । तीन हजार ५० मिटर लामो धावनमार्ग मर्मतको काम तोकिएको समयमा नै पूरा भएको छ । धावनमार्गमा आवश्यकताअनुसार नयाँ कालोपत्र राखिएको छ । आयोजनाका अनुसार तीन हजार मिटर लामो धावनमार्गमा आवश्यकताका आधारमा २० देखि २५ सेन्टिमिटर नयाँ पिच हालिएको छ । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकामा पहिलोपटक कालोपत्र परिवर्तन गरिएको हो । विमानस्थलबाट हाल १०० भन्दा बढी अन्तर्राष्ट्रियसहित दैनिक सरदर ४०० उडान हुने गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here