तराईमा गर्मी बढ्यो !

176

काठमाडौं, असार १७:तराइ मधेशका विभिन्न जिल्लामा केही दिनदेखि बढेको गर्मीले जनजीवन प्रभावित छ । जनकपुरमा पोखरी र नदीहरुका साथै जमीनमुनीको जलस्तर घटेपछि खानेपानीको श्रोतको रुपमा रहेको चापा कलहरु समेत सुक्न थालेको छ । त्यसैगरी दिनमा चल्ने तातो हावाले सर्वसाधारणको दैनिकी कठिन बनेको छ ।  सरकारी कार्यालयका कर्मचारीहरु गर्मी खप्न नसकेर कार्यकक्ष बाहिर रुखका छहारीमा बसेर समय बिताउन बाध्य छन् । पोखरी र ईनारहरु पानी सुक्न थालेकाले पशुपंक्षीहरुलाई समेत समस्या भएको छ । खेतमा लगाइएको धानको बेर्ना र तरकारी बाली सुक्न र डढ्न थालेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here