भरतपुरमा मतपत्र च्यात्ने दुई जनालाई एक-एक लाख रुपैयाँ जरिवाना

109

काठमाडौं, असार १७:स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई एक/एक लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई एक/एक लाख रुपैयाँ जरिवाना तोकेको हो । २०७४ जेठ १४ गते भरतपुर महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा मध्यरातमा मतपत्र च्यातिएका थिए । मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः साउन २० गते  मतदान भएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here