भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

69

काठमाडौं, असार १८:भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो । भारतसँगको हारसंगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २८६ रनमा समेटियो । बंगलादेशका लागि शकिब अल हसनले ६६ तथा मोहमद साइफुदिनले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । भारतका जस्प्रित बुम्राहले ४ तथा हार्दिक पाण्डयले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो । भारतका रोहित शर्माले शतकीय इनिङस खेले । उनले ९२ बल खेल्दै ५ छक्का र ७ चौकाको मद्दतले सर्वाधिक १०४ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट हात पारे । जितसंगै भारतले ८ खेलबाट १३ अंक जोडेको छ । र, भारत तालिकाको दोस्रो स्थानमा छ । बंगलादेशले ८ खेलबाट ७ अंक जोडेको छ । यसैबीच आज न्युजिल्याण्ड र इङ्ग्ल्याण्ड बीच खेल हुदैछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here