क्यालिफोर्नियामा हालसम्मकै ठूलो डढेलो

29
क्यालिफोर्निया आगोलागी

क्यालिफोर्नियामा लागेको अहिलेसम्मकै ठूलो डडेलो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले सम्म १ लाख १७ हजार ६ सय ३९ हेक्टर क्षेत्रफलमा डडेलो फैलिसकेको छ । यो क्षेत्रफल झण्डै लस एन्जल्स शहर जत्तिकै हो । क्यालिफोर्नियाको वन तथा अग्नी नियन्त्रण विभागका अनुसार आगो नियन्त्रणमा आउन अझै केही दिन लाग्ने छ ।

तीब्र हुरी र कम आद्रता बीच अग्नी नियन्त्रकहरुले मुख्य १८ वटा ठूला आगोका ज्वालाहरु नियन्त्रणमा लिन सफल भएका छन् । यस अघि अगस्ट महिनाको मध्य सम्ममा डडेलो नियन्त्रणमा लिइसक्ने अग्नी नियन्त्रकहरुले जनाए पनि अझै आगो नियन्त्रणमा आउन सेप्ट्म्बर महिनासम्म लाग्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here