एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालको सानदार सुरुवात

77

काठमाडौं, असार १८:मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले सानदार सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमै पुरा गर्यो । पवन सरार्फको विस्फोटक ब्याटिङमा नेपालले प्रभावशाली जित दर्ता गरेको हो । सरार्फले २१ बलमा ६ चौका र ३ छक्काको मदतले ४६ रन बनाए । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहे । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिए । तिलक भण्डारीको नाममा ३ विकेट रह्यो । कमल सिंह ऐरीले एक विकेट लिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here