८ घण्टापछि नारायणगढ-मुग्लिन सडक खण्ड सुचारु

342

काठमाडौं, असार १८:पटक पटक पहिरो खसेर अवरुद्ध नारायणगढ मुग्लिन सडक झण्डै ८ घण्टापछि सञ्चालनमा आएको छ । बिहान साढे ८ बजेदेखि दुई तर्फी रुपमा नै सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिनुभयो । सडक खुलेसंगै अलपत्र परेका सवारी साधन गन्तब्यतर्फ लागेका छन् । हिजो साँझदेखि परेको झरीले नारायणगढ मुग्लिन सडकको ४ ठाउँमा पहिरो झरेको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here