नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश

80

काठमाडौं,असार १९: नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । गए राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउँदै डच टोली प्रतियोगिताको फाईनल प्रवेश गरेको हो । नेदरल्याण्ड्सले अब उपाधिका लागि अमेरिकासंग प्रतिस्पर्धा गर्नेछ । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयको ९९ औ मिनेटमा म्यानचेष्टर युनाईटेडकी मिडफिल्डर ज्याकी ग्रोएनले नेदरल्याण्ड्सका लागि विजयी गोल गरिन् । जितसंगै नेदरल्याण्ड्स पाँचौ पटक महिला विश्वकपको फाईनलमा प्रवेश गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here