इङ्ल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

127

काठमाडौं,असार १९:इंग्ल्याण्ड घरेलु मैदानमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा हिजो भएको लिग चरणको अन्तिम खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्याण्डले दिएको ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५ ओभरमा अलआउट हुँदै १८६ रनमा समेटियो । न्युजिल्याण्डका लागि टम लाथमले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । न्युजिल्याण्डलाई सस्तैमा समेट्न मार्क वुडले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । जितसंगै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । अब एक टोलीले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने छ । इंग्ल्याण्ड तेस्रो स्थानमा छ । अन्तिम लिग खेलमा पराजित भएपनि न्युजिल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । अब पाकिस्तान र बंगलादेशबीचको खेलले सेमिफाइनल पुग्ने अन्तिम टोलीको तय हुनेछ । पाकिस्तानको पनि सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । बंगालदेश भने बाहिरिसकेको छ । यसैबीच आज वेष्ट इन्डिज र अफगानिस्तानबीच खेल हुदैछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here