आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा

66

काठमाडौं, असार २२:इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ । गएराति भएको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अन्तिम लिग खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । सो खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भयो । यस पटकको विश्वकपमा आयोजक इंग्ल्याण्डसँगै साविकको बिजेता अष्ट्रेलिया, भारत र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् । जारी विश्वकपको अंक तालिकामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो र न्युजिल्याण्ड चौंथो स्थानमा रहदै सेमिफाइनलमा पुगेका हुन् । अब पहिलो सेमिफाइनल खेल भारत र न्युजिल्याण्डबीच हुनेछ । पहिलो सेमिफाइनल जुलाई ९ मा म्यानचेस्टरमा हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन् । दोस्रो सेमिफाइनल खेल जुलाई ११ मा हुनेछ । दुई सेमिफाइनल विजेता टोलीले जुलाई १४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here