सिन्धुपाल्चोकमा आएको बाढीमा ३ जना बेपत्ता

106

काठमाडौं, असार २२:सिन्धुपाल्चोकका बिभिन्न खोलामा आएको बाढीमा परी ३ जना सम्पर्कबिहीन भएका छन् । जुगल गाउपालिका वडा नं २ गोल्चेको घट्टे खोलामा आएको बाढिले बगाएर इन्जिनियर मुक्ति सिवाकोटि बेपत्ता भएका छन । राति बाढि आएपछि भाग्ने क्रममा सिवाकोटी बेपत्ता भएका हुन । घट्टे खोलामा निर्माणाधीन १ मेगावाट क्षमताको जलविद्युत आयोजनामा काम गर्दै गर्दा सिवाकोटि बेपत्ता भएका हुन् । बाढिले बिद्युत आयोजनाको पाइपका साथै एउटा क्रसर उद्योग पनि बगाएको छ । यसै गरी गएराती चाकु खोलामा आएको बाढिमा परी यादवराज काफ्ले र राम औतार चौधरी बेपत्ता भएका छन । भाग्ने क्रममा घाइते भएका हाइड्रो पावरका सुरक्षा गार्ड र अर्का एक घाइतेलाइ हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । मार्मिङ्गमा आएको पहिरोले चाकु खोलो थुनिएर एक्कासी बाढि आउदा शिवश्री हाइड्रो पावर पुर्ण रुपमा क्षति भएको छ भने अन्य हाइड्रोपावरहरुमा पनि क्षति पुगेको इन्जिनियर श्याम श्रेष्ठले जानकारी दिनु भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here