नेपाल एसिसि यु-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा

68

काठमाडौं, असार २३:नेपाल मलेसियामा जारी एसिसि यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुर स्थित किनरारा ओभलमा आज भएको सेमीफाइनल खेलमा मलेसियालाइ ७ विकेटले पराजित गरी नेपाल फाइनलमा प्रवेश गरेको हो । मलेसियाले प्रस्तुत गरेको ८८ रनको सामान्य लक्ष नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो । नेपालको लिगी भिम सार्की अविजित रही ३३ र कप्ता रोहितकुमार पौडेलले पनि अविजित रही ३१ रन बनाए थिए । यस्तै पवन सर्राफले १८, रित गौतमा ३ तथा खड्क बोहरा सुन्य रन बनाइ आउट भएका थिए । यस अघी टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ४० ओभर ५ बलमा मात्र ८७ रनमा समेटिएको थियो । मलेसियालाइ सस्तैमा समेट्न सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट लिए । नेपालले फाइनलमा हङकङ र शिङ्गापुर वीच हुने दोस्रो सेमीफाइनलको विजेता टिमसंग खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here