आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज

109

काठमाडौं, असार २४:इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । म्यानचेस्टरमा हुने पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । यस खेलको विजेताले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछन् । दुई टोलीबीचको पछिल्लो पाँच खेलको नतिजाले भारतलाइ बलियो देखाएको छ । जारी विश्वकपमा भारतले ९ मध्य ७ खेलमा जित हात पारेर शीर्ष स्थानमा रहँदै सेमिफाइनल यात्रा तय गरेको थियो । समान खेल खेलेको न्युजिल्याण्डले ५ खेलमा जित हात पर्दा पाकिस्तानसँग नेट रन रेटको आधारमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा न्युजिल्याण्डलाई रोहित शर्माको डर हुनेछ । यस विश्वकपमा भारतका रोहित शर्मा उत्कृष्ट लयमा छन् । उनि विश्वकपमा सबै भन्दा धेरै रन बनाउने ब्याट्सम्यान हुन् । उनले ८ ईनिङ्समा ६ सय ४७ रन बनाएका छन् । जसमा उनले ५ शतक र १ अर्धशतक प्रहार गरेका छन् । यस्तै भारतलाई लोकी फिर्गुसनको डर छ । जारी विश्वकपको ७ खेलमा १७ विकेट हात पारेका उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here