एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपाल र हङकङ भिड्दै

143

काठमाडौं, असार २४:मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले अहिले  हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि हङकङले ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म हङकङले १६ ओभरमा ४ विकेटको क्षेतिमा ३४ रन बनाएको छ । नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले समुह चरणको खेलमा सिंगापुर र चिनलाई पराजित गरेको थियो । हङकङ भने समुह बीको विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको थियो । हङकङले समुह चरणमा भुटान र थाइल्याण्डलाई हराएको थियो । उपाधि विजेता टिम यू-१९ एसिया कपमा छनोट हुने छ । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले समेत प्रतिस्पर्धा गर्नेछन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here