ब्रिटिस एअरवेजलाई २३ करोड अमेरिकी डलर जरिवाना

49

काठमाडौं, असार २४:बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै करिव २३ करोड अमेरिकी डलर जरिवाना गरिएको छ । कम्प्युटरका ह्याकरहरूले गत बर्ष विमानका यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम गरेको अभियोग ब्रिटिस एअरवेजलाई लागेको थियो । विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ले बेलायतको तथ्याङ्क संरक्षण ऐन अनुसार बेलायतको सूचना आयुक्तको कार्यालयले ब्रिटिस एअरवेजलाई जरिवाना गरेको जनाएको छ । जरिवाना रकम ब्रिटिस एअरवेजको सन् २०१७ मा भएको खूद मुनाफाको १.५ प्रतिशत बराबर हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here