काभ्रेमा ‘सिरिन्ज आक्रमण’ को विषयलाई लिएर तनाव

190

काठमाडौं, असार २४:काभ्रेमा ‘सिरिन्ज आक्रमण’ को विषयलाई लिएर हिजो तनाव भयो । बनेपाको चारदोबाटोमा सिरिञ्ज आक्रमण गरेको आशंकामा एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । केही दिनदेखि सिरिज आक्रमणको हल्ला चलिरहेकै वेला एक व्यक्ति पक्राउ परेपछि त स्थानीयले तीनदोबाटोमा रहेको ईलाका प्रहरी कार्यालयमा घेराउ गरेका थिए । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख जयराज सापकोटाले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई पक्राउ गरिएको जानकारी दिदैं अनुसन्धान भईरहेको जानकारी दिनुभएको छ । तर पक्राउ परेका व्यक्तिले आफू निर्दोष रहेको र सिरिन्ज आक्रमण नगरेको बताएका छन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here