एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधी नेपाललाई

106

काठमाडौं, असार २४:नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधी जितेको छ । मलेसियाको क्वालालम्पुर स्थित किनरारा क्रिकेट मैदानमा आज भएको फाइनलमा हङकङलाइ ६ विकेटले पराजित गरी नेपालले उपाधी जितेको हो । उपाधी विजेता नेपाल एसिसि यु-१९ एसिया कपको लागी छनोट भएको छ । जितको लागी हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतीमा पुरा गरेको थियो । नेपालको लागि प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफले ३९ रन र रित गौतमले १३ रन बनाएका थिए । यसअघी टस हारी पहिले ब्याटिङ गरेको हङकङ ४१ ओभर १ बलमा ९५ रनमै समेटिएको थियो । हङकङलाइ सस्तैमा समेट्न सागर ढकालले १० ओभर बलिङ गरी ५ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिएका थिए । त्यस्तै कमलसिंह ऐरीले ३ विकेट लिदा कुशल मल्ल र तिलकराज भण्डारीले समान १/१ विकेट लिए । उपाधी विजेता नेपालले यु-१९ एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसंग खेल्ने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here