भारत र इङ्ल्याण्डबीच स्थगित सेमिफाइनल खेल आज

38

काठमाडौं, असार २५:इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल वर्षाको कारण स्थगित भएको छ । वर्षाले प्रभावित भएपछि भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको हो । अब स्थगित खेल रिजर्भ डेको दिन आज यहि स्थितिबाट फेरि खेलाईनेछ । आईसीसीको नियम अनुसार सेमिफाइनल खेल तोकिएको दिन हुन नसके रिजर्भ डे मा खेलाइने छ । आज पनि खेल हुन नसकेमा भने भारत फाइनल पुग्ने छ । लिग चरणमा न्युजिल्याण्ड भन्दा माथि रहदै धेरै अंक जोडेको कारण भारतलाई फाइदा पुग्नेछ । वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो । विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छ । भारत विश्वकपको २ पटकको विजेता हो भने न्युजिल्याण्ड गत संस्करणको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here