बेलायतमा प्रधानमन्त्रीका उम्मेद्वारहरुबीच चर्काचर्की

41

काठमाडौं, असार २५:बेलायतको प्रधानमन्त्रीका उम्मेद्वारहरु बोरिस जनसन र जिरेमी हन्ट बीच बेक्जिट र बेलायतको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धका विषयमा प्रत्यक्ष प्रसारण गरिएको टेलिभिजन बहसमा चर्काचर्की नै भएको छ । प्रधानमन्त्रीका उम्मेद्वार हन्टले आफ्ना प्रतिस्पर्धी जनसनलाई ३१ अक्टोबरमा ब्रेकजिटलाई टुंगो लगाउन नसके प्रधानमन्त्रीबाट बाहिरिन्छु भन्न नसकेको आरोप लगाउनु भयो । अर्कोतर्फ जनसनले भने आफ्ना विपक्षीले यति चाँडै सोचाईमा परिवर्तन गरेको भन्दै अझै सत्यको गहिराइमा जान नसकेको बताउनु भयो । बहसमा अमेरिकी राष्ट्रपति ट्रम्पको इमेल चुहावट प्रकरणका चर्को विवाद भएको छ । वाशिङटनका लागि ब्रिटिश राजदूत सर किम डार्कलाई ट्रम्पले मूर्ख व्यक्ति भनेको  तथा  बेलायत प्रधानमन्त्री तरिजा मेलाई पनि अनादर गरेको विषयमा पनि चर्को आलोचना गरिएको छ । ट्रम्प प्रशासन प्रभावकारी नरहेको भनी टिप्पणीसहितका इमेलहरू चुहिएपछि ट्रम्पले शृङ्खलाबद्ध ट्वीटमार्फत् ब्रिटिश राजदूतको आलोचना गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here