रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण शुरु

201
A dozer removes mud from historic Rani Pokhari or Queen's Pond that was damaged in 2015 earthquake and left intact till date in Kathmandu, Nepal on Tuesday, July 18, 2017. Photo: Skanda Gautam

काठमाडौं, असार २५:काठमाण्डौको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण शुरु हुने भएको छ । पटकपटक निर्माण शुरु भएर पनि मौलिकता लगायत निर्माण शैलीका विषयमा विवाद भएपछि मन्दिरको पुनःनिर्माणको काममा ढिलाइ भैरहेको थियो । बालगोपालेश्वर मन्दिर र त्यस वरपरका क्षेत्रको पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र निर्माण कम्पनी सिए तुलसी कन्सट्रक्सन जेभीबीच हस्ताक्षर भएको छ । पुनःनिर्माणमा १४ करोड २७ हजार रुपैयाँ खर्च हुनेछ ।  बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बनाइने छ । २०७२ सालको भूकम्पले क्षति गुगेको रानीपोखरीमा अहिले उपभोक्ता समितिमार्फत पोखरीको पिँध र वरिपरिको क्षेत्रमा पर्खाल लगाउने काम भइरहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here