विषादी परीक्षण नगर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर

49

काठमाडौं, असार २५:विषादी परीक्षण नगरी विदेशबाट तरकारी र फलफूल ल्याउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन रिट निवेदन दायर गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट ज्योति बाँनिया, अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडी एबं अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको हो । मन्त्रिपरिषद्को यही असार १९ गतेको बैठकले सीमामा तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएको थियो । सरकारको सोही निर्णय रोक्न रिट निवेदनमा अन्तरिम आदेशको माग गरिएको छ । सरकारको निर्णय र भन्सारमा तत्काल परीक्षण व्यवस्था गर्न माग गर्दै रिटमा विषादीयुक्त फलफूल तथा तरकारी प्रयोग गर्दा गर्भवतीहरु प्रभावित हुने र भविष्यमा जन्मिने बच्चालाई समेत असर गर्ने हुँदा परीक्षण नगरिने निर्णय जनस्वाथ्यका रुपमा गलत भएको उल्लेख छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here