चिया भारत निकासी गर्दा थप समस्या

61

काठमाडौं, असार २५:तयारी चियाको गुणस्तर परिक्षणका क्रममा झन्झट व्यहोर्नु परेकाले चिया भारत निकासी गर्दा थप समस्या रहेको व्यवसायिहरुले बताएका छन् । पूर्वी पहाडी जिल्लामा उत्पादित ८० प्रतिशत अर्थोडक्स चियाको बजार भारत हो ।नेपाली ट्रेडमार्कमा भारत जाने चियामा सीमा नाकादेखि नै झन्झट सुरु हुने गरेको छ । सबै व्यवसायीले आफ्नो कारखानाको उत्पादन भारतीय बजारमा पुर्याउदा सेन्ट्रल ट्रेड ल्याब (सीएफएल) अनिवार्य गराउनुपर्ने प्रावधान छ । एउटा नमुना परीक्षणको रिपोर्ट आउन १२ देखि १५ दिनसम्म कुर्नुपर्छ । लोड भएको गाडी राख्न पनि पानीट्यांकीमा १५ सय रुपैयाँ भारुसम्म तिर्नुपर्दा अतिरिक्त खर्च अत्यधिक बढ्ने व्यवसायिहरुको भनाई छ । अर्गा्निक प्रमाणित चिया नेपालबाट जर्मन, जापान, अमेरिका, चीनलगायतमा पनि निर्यात हुने गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here