ओखलढुंगाकोमा बस दुर्घटना / ३ मृत्यु /१७ जना घाइते

181

काठमाडौं, असार २५:ओखलढुंगाको मानेभज्याङ गाउँपालिकास्थित डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।  आज बिहान ३ बजे भएको दुर्घटनामा बसका चालक कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दूधकुण्डकी माया थापा र सिन्धुली कमलामाईका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । झापाको काँकडभिट्टाबाट सोलुखुम्बुको सल्लेरी जाँदै गरेको भाग्यरेखा यातयातको रात्रिबस सडकबाट करीब २५ मिटर तल खसेर दुर्घटना भएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here