दोस्रो किस्ताको रकम लिन बाँकीका लागि म्याद थप्ने प्राधिकरणको तयारी

206
पुननिर्माण प्राधिकरण

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प पछिको पुनः निर्माणका कामलाई जारी राख्नथ भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई अनुरोध गरेको छ । प्राधिकरणले यसअघि २०७३ पुससम्म अनुदान सम्झौता गरी पहिलो किस्ता ५० हजार रुपैयाँ लिएका लाभग्राहीलाई २०७४ असारसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने निर्णय गरेको थियो ।

प्राविधिक, निर्माण सामग्रीको अभावलगायत कारणले दोस्रो किस्ता लिन नसक्नेको सङ्ख्या अझै तीन लाखभन्दा बढी छ । पीडितले अनुदान पाउन समय लाग्ने भएकाले प्राधिकरणले म्याद थप्ने तयारी गर्दै पुननिर्माणको काम जारी राख्न अनुरोध गरेको हो । यसैबीच एक महिनादेखि प्रमुख कार्यकारी अधिकृत नहुँदा नीति निर्धारणका काम हुन नसके पनि नियमित कामका लागि कुनै समस्या नरहेको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here