बाढी र पहिरोको जोखिम बढेकोले सतर्क रहन मौसमबिद्हरुको आग्रह

85

काठमाडौं, असार २५:लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन मौसमबिद्हरुले सचेत गराएका छन् । बिशेषगरी कन्काइ, कोशी, कमला, बागमती र नारायणी नदीमा भोलि दिउसोदेखि जलस्तरले सतर्कताको तह पार गर्ने स्थिति देखिएकाले मौसमबिद्हरुले सचेत रहन आग्रह गरेका हुन् । यो अबस्था पर्सि बेलुका सम्म रहने पूर्वानुमान गरिएको छ । यसैगरी प्रदेश १, २, ३ र गण्डकी प्रदेशमा रहेका सबै खोलानालाहरुको जलस्तर पनि बढ्ने देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिशेष बुलेटिन जारी गर्दै मुलुकका एक दुइ स्थानहरुमा अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । बिशेषगरी चुरे आसपासको क्षेत्र र तराइ भेगमा अति धेरै पानी पर्ने सम्भावना रहेको मौसमबिद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । हाल मनसुनी न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै नजिक हुने क्रम जारी रहेको हुनाले २/३ दिन मुलुकका अधिकांश स्थानहरुमा भारी वर्षा हुने छ । आज पनि देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here