विश्वकपको उपाधि जित्ने भारतको सपनामा तेस्रो पटक पुर्ण विराम

97

काठमाडौं, असार २६:इङ्ल्याण्ड र वेल्समा संयुक्त रुपमा भइरहेको आइसिसी एकदिवशिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत आज दोस्रो सेमिफाइनल खेलमा आयोजक  इङ्ल्याण्ड र साविकको विश्वकप विजेता अष्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन् । बेलायतको बर्मिङ्घम क्रिकेट मैदानमा हुने खेलमा फाइनल प्रवेशको लक्ष्यका साथ दुबै टोली भिड्दैछन् । आजको खेलमा घरेलु दर्शकलाई अर्को जीत दिदै फाइनलको यात्रा तय गर्ने लक्ष्यमा इङ्ग्ल्याण्ड  छ । यसैगरी पुनः उपाधी जित्ने लक्ष्यका साथ इङ्ल्याण्ड गएको अष्ट्रेलिया पनि जीतको लक्ष्य लिएर मैदानमा उत्रदै छ । यस अघी भएको दुइ देशबीचको खेलमा अष्ट्रेलिया बलियो देखिए पनि घरेलु टोली जीत निकाल्नेमा निकै आशावादी देखिएको छ । आजको विजेताले न्युजिल्याण्डसंग उपाधीका लागि खेल्नेछ । प्रतियोगिता अन्तरगत अस्ति र हिजो दुइ दिन गरी भएको पहिलो सेमिफाइनल खेलमा भारत न्युजिल्याण्डसंग १८ रनले पराजित भयो । वर्षाका कारण दुइ दिन गरी खेलाइएको खेलमा न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनाएको थियो । २४० रनको सामान्य विजयी लक्ष्य लिएर ब्याटीङ गरेको भारत २२१ रनमै अल आउट भयो । यो पराजय संगै विश्वकपको उपाधि जित्ने भारतको सपनामा तेस्रो पटक पुर्ण विराम लागेको छ । विश्वकपको फाइनल खेल आइतवार हुने कार्यक्रम छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here