अमेरिकामा डेल्टा एअरलाइन्सको जहाज आकस्मिक अवतरण

111

काठमाडौं, असार २६:संयुक्त राज्य अमेरिकाको एट्लान्टाबाट बाल्टिमोरका लागि उडेको डेल्टा एयरको विमानको इन्जिनमा खराबी आएपछि उत्तरी क्यारोलिनामा आकस्मिक अवतरण गरिएको छ । एक सय ५४ जना यात्रु बोकेको सो विमानमा रहेका यात्रुले इन्जिनले काम गर्न नसकेको अवस्थाका बारेमा चालक दललाई सचेत गराएपछि सुरक्षित रुपमा अवरतण गराइएको हो । विमानमै यात्रा गरिरहेका यात्रुले भिडियो खिचेर विमानको अघिल्लो भागमा रहेको एउटा इन्जिनले काम गर्न नसकेको अवस्था देखाएपछि सम्भावित ठूलो दुर्घटनाबाट बचाउँदै विमानलाई सुरक्षित रुपमा आकस्मिक अवतरण गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार विमानको क्याबिनमा ठूलो आवाज सहित धुँवाले भरिएको थियो । तर घटनामा कोहो पनि घाइते नभएको जनाइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here