इन्टरनेट सम्बन्धी फ्रान्सेली कानूनको अमेरिकाद्वारा विरोध

128

काठमाडौं, असार २६:फ्रान्स सरकारले इन्टरनेट प्रविधीमा थप कर लगाउने गरी ल्याउन लागेको नयाँ कानूनको  संयुक्त राज्य  अमेरिकाले विरोध गरेको छ । फ्रान्सले ल्याउन लागेको नयाँ कानूनले अमेरिकी प्रविधी कम्पनीहरुलाई प्रत्यक्ष प्रभाव पार्ने भन्दै अमेरिकाले  असन्तुष्टि जनाएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सले ल्याउन लागेको नयाँ कानूनको अध्ययन गर्न निर्देशन समेत दिनुभएको छ । फ्रान्सको संसदले आज गुगल, फेसबुक जस्ता प्रविधी निर्माता कम्पनीहरुले देश भित्र आर्जन गरेको मुनाफामा तिन प्रतिशत अतरिक्त कर थप गर्ने सम्वन्धी कानून पारित गर्दै छ । नयाँ कानूनमा फ्रान्समा व्यवसाय गरी २ करोड ५० लाख युरो भन्दा बढी आम्दानी गर्ने कम्पनीलाई थप कर लगाउने व्यवस्था गरेको छ । नयाँ कानून अमेरिकी कम्पनी लक्षित भएको भन्दै अमेरिकाले आपत्ति जनाएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here