अग्नी सापकोटा विरुद्द परेको उजुरीको सर्बोच्चद्वारा प्रतिलिपि माग

85

काठमाडौं, असार २६:सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको हो । अदालतले आयोगलाई सो मुद्दाको उजुरीका बारेमा अदालतलाई जानकारी दिन पनि भनेको छ । लामाको  विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेको दुई महीनापछि शव फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ साल मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गर्नुभएको थियो । सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो । त्यसअघि २०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here