विषादी परिक्षण तत्कालका लागि मात्र रोकिएको हो- प्रम

173

काठमाडौं, असार २६:प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण तत्कालका लागि मात्र रोकेको बताउनु भएको छ ।     नेपाल टेलिभिजनबाट प्रसारण हुने साप्ताहिक कार्यक्रम जनतासंग प्रधानमन्त्रीमा कुराकानी गर्दै प्रधानमन्त्रीले विषादी परिक्षण सम्पूर्ण रुपले रोकिएको नभइ परिक्षणका लागि आवश्यक तयारी पूरा गर्नका लागि मात्र रोकिएको र तयारी पुरा हुनासाथ परिक्षण सुरु गरिने बताउनु भयो । साथै प्रधानमन्त्री ओलीले विषादी परिक्षणको विषय कुनै देशप्रति लक्षित नभएको पनि स्पष्ट पार्नुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here