एअर क्यानडाको विमान दुर्घटनाबाट जोगियो

63
3D imagery, 737 MAX, MAX, 737 MAX 7, 737 MAX8, 737 MAX 9

काठमाडौं, असार २७:एयर क्यानडाको विमान उडिरहेको अवस्थामा गम्भीर प्रकृतिको हावाको झोक्कासँग ठोक्किदा ३५ जना यात्रु सामान्य घाइते भएका छन् । क्यानडाको भ्याङकोभरबाट सिड्नीका लागि उडेको जहाजमा असामान्य परिस्थिति आएपछि हवाईमा अवतरण गरिएको हो । विमान उडिरहेकै अवस्थामा सामान्य आँखाले देख्न नसकिने विभिन्न दिशाबाट आएको हावाको भूमरीमा परेपछि विमानको दिशा परिवर्तन गरिएको जनाइएको छ । विमानमा २ सय ८४ जना यात्रु सवार थिए । हावाको झोक्कामा विमान ठोक्किएर असन्तुलित बनेपछि विमानभित्रका यात्रुहरुको टाउको सिटमाथि ठोक्किको यात्रुले बताएका छन् । बादल समेत नभएको निलो र सफा आकासमा उडान भरिरहेका बेला एक्कासी विमान हावाको भुमरीमा परेको यात्रुहरुको भनाई छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here