अमेरिकामा जनगणनाको चर्चा

48

काठमाडौं, असार २७:संयुक्त राज्य अमेरिकामा अर्को बर्ष हुने तय भएको राष्ट्रिय जनगणनामा आप्रवासी अमेरिकनहरुको विवरण कसरी समावेश गर्ने भन्ने विषयमा त्यहाँ सरकार र प्रतिपक्षि दलले आ-आफ्नै धारणा सार्वजनिक गरेका छन् । हरेक १० बर्षमा हुने जनगणनाको तथ्याङ्क संकलनमा यस पटक समावेश गर्न लागिएको के तपाईं अमेरिकन नागरिक हो ?  भन्ने प्रश्नले अमेरिकामा बसोवास गरिरहेका धेरै अमेरिकनहरुको आस्थामा चोट पुग्ने भन्दै प्रतिपक्षि दल र आलोचकहरुले प्रश्न हटाउनु पर्ने माग गरेका छन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आगामी जनगणनाले अमेरिकी नागरिक, आप्रवासी र गैर आप्रवासीको वास्तविक वर्गिकरण गर्ने बताउनुभएको छ । धेरै अमेरिकनहरुले त्यस्तो तथ्याङ्क अन्य निकायमा समेत वितरण गरिने र त्यसले अफ्ठ्यारो पार्न सक्ने भन्दै अन्यौलता व्यक्त गरेका छन् । जनगणनाको प्रश्न सम्वन्धी विवाद त्यहाँको सर्वोच्च अदालतमा समेत विचाराधिन छ । अदालतको निर्णय पर्खदा जनगणनाको प्रकृया ढिलो हुने भन्दै राष्ट्रपति ट्रम्पले अब कुनै विलम्व नगरी काम सुरु गर्ने पनि बताउनुभएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here