काठमाडौँ उपत्यकामा रात्रिबस सेवा शुरु

153
Photo Courtesy: Kanak Mani Dixit's twitter

काठमाडौं, असार २७:काठमाडौँ उपत्यकामा रात्रिबस सेवा शुरु भएको छ । साझा यातायातले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा राति ९ बजेबाट रात्रिबस शुरु गरेको हो । तीन रुटमा बस शुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार न्यूरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलङ्की र न्यूरोड गेटबाट नै नयाँबानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस शुरु भएको छ । अहिले परीक्षणका रुपमा तीन रुटमा बस शुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने साझा यातायातले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here