आज हरिशयनी एकादशी / घरघरमा तुलसी रोपेर भगवान विष्णुको पूजा आराधना गरिंदै

67

काठमाडौं, असार २७:आज हरिशयनी एकादशी । घरघरमा तुलसी रोपेर भगवान विष्णुको पूजा आराधना गरिंदै छ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरमा रहेको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आज निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । ठूलो एकादशी समेत भनिने आजैका दिनबाट चतुर्मास व्रत समेत सुरु हुन्छ । चतुर्मास अवधिमा तुलसीको विरुवामा पानी चढाउदै पुजा गर्नुलाइ उत्तम मानिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी भनिएको हो । हरिशयनी एकादशीका अवसरमा आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका भगवान विष्णु लगायत अन्य देविदेवताका मन्दिरहरुमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लागेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here