मोरङमा बाढीले ३ सय परिवार विस्थापित

133

काठमाडौं, असार २७:लगातारको वर्षाका कारण आएको बाढीले मोरङमा तटिय क्षेत्रमा बसोबास गर्दै आएका करिब ३ सय परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा जलस्तर बढ्दै गएपछि विराटनगर महानगरपालिका वडा नं. १ र ८ मा सुकुम्बासीहरुको घर घरमा पानी पसेको छ । यसैगरी विराटनगर महानगरपालिका वडा नं. १६ दरैया बस्तीमा बर्षाको पानी पसेपछि करिब १५ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । लोहन्द्रा खोलाको पानी छिरेपछि राम चोकका स्थानीयहरु पनि विस्थापित भएका छन् ।   विगत २४ घण्टामा विराटनगर क्षेत्रमा १७२ मिलिमिटर वर्षा भएको हावापानी कार्यालय विराटनगरले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुबानमा परेकाहरुलाई उद्धार गरी विद्यालय लगायतका सुरक्षित स्थानमा राख्न थालेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here