खोलाहरुमा जलस्तर बढ्ने भएकाले सचेत रहन मौसमविद्हरुको आग्रह

224

काठमाडौं, असार २७:लगातारको वर्षाले बागमती नदीको जलस्तरले सतर्कताको तह पार गरेको भन्दै मौसमबिद्हरुले तटीय क्षेत्रका स्थानीयलाइ सचेत गराएका छन् । गएराति नै सो नदीमा पानीको वहाव बढेपछि बिहान ३ बजे मोबाइल मार्फत स्थानीयमा सतर्कताको सूचना प्रबाह गरेको बाढी पूर्वानुमान महाशाखाका जलविद् सुनिल पोखरेलले जानकारी दिनुभयो । यसैगरी खाँडो, रातु, लालबकैया नदीमा पनि पानीको सतह बढेको छ । कोशी, कन्काइ लगायतका ठूला नदीमा पनि पानीको सतह बढ्दै गएको छ । प्रदेश २ र ३ मा आज पनि भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलाहरुमा जलस्तर बढ्ने भएकाले सचेत रहन भनिएको छ । हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराईको भू-भागमा अवस्थित भएकाले आगामि २-३ दिन मनसुन अति सक्रिय भैरहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा आज भारि वर्षा हुने छ भने पूर्वी क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरुमा धेरै भारि वर्षा समेत हुने छ । यसैगरी केहि स्थानहरुमा हावाहुरीको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here