विश्वकप क्रिकेटको फाइनल आज

37

काठमाडौं, असार २९:इङ्ग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना भइरहेको आइसिसी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुदैछ । विश्वकपको १२ औं संस्करणको उपाधिका लागी हुने फाइनल प्रतिस्पर्धामा आयोजक इङ्ग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै छन् । लण्डनको लर्ड मैदानमा हुने खेल नेपाली समय अनुसार अपरान्ह ३:१५ वजे सुरु हुने छ । इङ्ल्याण्ड र न्युजिल्याण्ड दुबैले अहिलेसम्म एक दिवसिय विश्वकप क्रिकेटको उपाधि जित्न सकेका छैनन् । त्यसैले आजको विजेता देश एकदिवसीय विश्वकप उपाधी जित्ने नयाँ राष्ट्र पनि बन्ने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here