नेपाल मलेसिया विरुद्धको ट्वान्टी-ट्वान्टी क्रिकेट श्रृंखलामा २-० ले विजयी

80

काठमाडौं, असार २९:नेपालले मलेसिया विरुद्धको दुई वटा ट्वान्टी-ट्वान्टी क्रिकेट श्रृंखलामा २-० ले जितेको छ । श्रृंखला अन्तर्गत आज भएको दोस्रो खेलमा मलेसियालाई ६ रनको झिनो अन्तरले पराजित गरेपछि नेपालले श्रृंखला २-० ले जितेको हो । क्वालम्पुर स्थित किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १७३ रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारी सर्वाधिक ५१ रन बनाएका थिए । २५ बल खेली ३ चौका र ५ छक्का प्रहार गरेका बिनोदले टि ट्वान्टीमा नेपालको लागी सर्वाधीक छिटो अर्धशतक बनाउने खेलाडीको किर्तिमान बनाएका छन । नेपालको लागी अन्य ब्याट्सम्यानमा शरद भेष्वाकरले ४० रन तथा कप्तान पारस खड्काले २३ रनको योगदान गरेका थिए । १ सय ७४ रनको विजय लक्षसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । मलेसियाको लागी सैयद अजिजले सर्वाधिक ५० रन बनाका थिए । नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले समान २-२ विकेट लिएभने कप्तान पारस खड्का, करण केसी र अविनाश बोहोराले समान १-१ विकेट लिएका थिए । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको श्रृंखला खेलेको हो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपालले पहिलो पटक युईए विरुद्वको सिरिज २–१ ले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here