बेलायतमा बन्धक बनाइएको तेलको ट्याङ्कर छाड्न दवाव

49

काठमाडौं, असार २९:बेलायतमा बन्धक बनाइएको इरानी तेल ट्याङ्कर सिरियाको होइन भन्ने कुरामा विश्वस्त भए छोड्नु पर्ने बेलायती विदेशमन्त्री जिरेमी हन्टले बताउनु भएको छ । गत जुलाई ४ मा युरोपेली युनियनको प्रतिबन्धको उल्लंघन गरेको आशंकामा  सो तेल ट्याङ्कर साही मरिनले बन्धक बनाइएको हो । इरानले यसरी ट्याङ्कर समातिनुलाई जासुसी गरेको आरोप लगाएको छ । सो घटनापछि इरानले बेलायती ट्याङ्करलाई पनि अवरोध गरेको बेलायतको दाबी छ । तेहरानसँगको गम्भीर वार्तापछि बेलायती विदेशमन्त्री हन्टले आफूले इरान परिस्थितिलाई थप जटिल बनाउने पक्षमा नरहेको पाएको बताउनु भयो । इरानी विदेशमन्त्री जाभेद जरिफसँगको कुराकानीपछि आफू थप विश्वस्त भएको बताउँदै आफूहरुको चासो सधै मुल स्रोतसँग नभई गन्तब्यमा हुनुपर्ने हन्टले बताउनु भयो । यदि तेल सिरिया जान लागेको होइन भन्ने कुरामा थप विश्वस्त हुन सके बेलायतले ट्याङ्कर मुक्त गर्न सहयोग गर्नुपर्ने बेलायती विदेशमन्त्री हन्टको भनाई छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here