अमेरिकामा आँधीले व्यापक क्षति

118

काठमाडौं, असार २९:संयुक्त राज्य अमेरिकाको लुजिआना राज्यमा आएको शक्तिशाली सामुन्द्रिक आँधीले व्यापक क्षति पुर्याएपछि त्यहाँ संकटकालको घोषणा गरिएको छ । ब्यारी नाम दिइएको आँधी संगै परेको अविरल बर्षाले ठाउँ ठाउँमा पहिरो गएको छ । अधिकारहरुले थप बर्षा र बाढीको जोखिम बढेको भन्दै दशौं हजार मानिसहरुलाई सुरक्षित स्थानमा सारेका छन् । सामुन्द्रिक तहमा निकै वेगमा आएको आँधी जमिनको सतहमा पुग्दा केही कमजोर भएको भएपनि आँधीले भौतिक संरचनाहरुमा भने ठूलो क्षति पुर्याएको छ । आँधीले विद्युतका खम्वाहरु ढाल्दा १० लाख भन्दा मानिसहरु अध्यारोमा बस्न बाध्य भएका छन् । लुजियाना राज्यबाट हुने सबै हवाइ उडानहरु पनि स्थगित गरिएका छन् । आज अपरान्हबाट आँधीको प्रभाव कम भइ  बर्षा रोकिने मौसमविद्हरुले जनाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here