विम्बल्डन टेनिसको उपाधि नोभाक जोकोभिकलाई

162

काठमाडौं, असार ३०:नोभाक जोकोभिकले लगातार दोस्रो पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । इङ्ल्याण्डमा हिजो भएको फाइनल खेलमा रोजर फेडेररलाई टाईब्रेकमा पराजित गर्दै टेनिसको विश्व वरियताका नम्बर एक खेलाडी सर्बियन स्टार जोकोभिकले विम्बल्डन उपाधि जितेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले फेडेररलाई ७-६ (७-५), १-६,७-६(७-४) र १३-१२ (७-३) को सेटमा पराजित गरे । विम्बल्डन इतिहासकै सर्वाधिक लामो फाइनल खेल ४ घण्टा ५७ मिनेट सम्म चलेको थियो । यो जित संगै जोकोभिकले करियरको १६ औं ग्राण्डस्लाम उपाधि जित्दै  सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने तेस्रो खेलाडी बन्न सफल भएका छन् । फेडेररले २० र राफायल नाडालले १८ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् । प्रतियोगिताको महिलातर्फको उपाधि सिमोना हालेपले जितेकी छिन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here