विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई

114

काठमाडौं, असार ३०:१२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको छ । लण्डन स्थित लर्ड्स क्रिकेट मैदानमा हिजो भएको निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा न्युजिल्याण्डलाई सुपर ओभर र बाउन्ड्रीका आधारमा पराजित गर्दै आयोजक इंग्ल्याण्डले उपाधि जितेको हो । यो जीतसँगै इंग्ल्याण्ड विश्वकप जित्ने नयाँ राष्ट्र बन्दै पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो । न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए । २४२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । तर विनेता चयनका लागि खेलाइएको सुपर ओभरमा पनि दुबै टोलीले समान १५ रन नै बनाए । सुपर ओभरमा समान रन भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डलाई विजेता घोषित गरियो । फाइनल खेलमा इंग्ल्याण्डले २४ बाउन्ड्री प्रहार गरेको थियो भने न्युजिल्याण्डले १६ बाउन्ड्री प्रहार गरेको थियो । हिजोको पराजय संगै न्युजिल्याण्डले भने पुनः एक पटक उपविजेतामै चित्त बुझाउनु परेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here