इरान र अमेरिकाबीच वार्ता भएको भन्ने चर्चा हल्ला मात्र

98

काठमाडौं, असार ३०:इरानले संयुक्त राज्य अमेरिकासँग पछिल्लो समय बढ्दै गएको राजनितिक तनाव कम गर्न कुनै तहमा पनि वार्ता प्रयास नभएको बताएको छ । पछिल्लो विवादलाई लिएर इरान र अमेरिकाबीच वार्ता भएको भन्ने चर्चा भइरहेका बेला इरानको विदेश मन्त्रालयले त्यसलाई अस्वीकार गरेको हो । मन्त्रालयले कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले रूसको पहलमा अमेरिकासँग इरानी अधिकारीको सम्वाद भएको भन्ने सम्वन्धमा आएको समाचारको पनि खण्डन गरेको छ । अमेरिका संगको विवादलाई लिएर इरानले अमेरिकाका अधिकारीसँग कुनै पनि तहमा सम्वाद नगरेको पनि इरानले स्पष्ट गरेको छ । इरानसँग अमेरिकासहितका केही शक्ति राष्ट्रहरूले सन् २०१५ मा गरेको आणविक सम्झौता अमेरिकाले फिर्ता गरेपछी दुइ देश बीच पुनः सम्वन्ध चिसिएको थियो । सम्झौता फिर्ता संगै अमेरिकाले इरान माथि आर्थिक प्रतिवन्ध पनि लगाएको छ । यसैबीच अधिकांश इरानी नागरिकहरुले आणविक सम्झौता फिर्ता गरि अमेरिकाले इरानमाथि दासत्व लाद्न खोजेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक विरोध गरेका छन । विविसी संगको कुराकानीमा उनीहरुले अमेरिकाले खाडी क्षेत्रमा युद्ध र अस्थिरता होस् भन्ने चाहेको आरोप पनि लगाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here