रोहिंन्ज्याको शिविरमा बाढी

161

काठमाडौं, असार ३०:मनसुनी बर्षा संगै आएको बाढीले बंगलादेशको शरणार्थी शिविर डुवाउँदा शिविरमा रहेका पाँच हजार बढी रोहिंज्या शरणार्थीका परिवार घरवास बिहिन भएका छन् । बाढी र डुवानका कारण शिविरमा रहेका करिब १० जना रोहिंज्या शरणार्थीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय शरणार्थी संगठन आइ ओ एमले जनाएको छ । शिविर भित्र बाढी पसेपछी त्यहाँ रहेका सबै टहरा डुवानमा परेका छन् । शरणार्थीहरु बस्दै आएका बाँसले बनाइएका सयौं अस्थायी टहराहरु बाढीले बगाएको पनि आइओएमले जनाएको छ । विस्थापितहरूले खाने र बस्ने समस्या भएको बताएका छन् । बङ्गलादेशमा म्यानमारबाट भागेर आएका करिब दश लाख रोहिंज्या शरणार्थीहरु अस्थायी शिविरमा बस्दै आएको आइओएमको अनुमान छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here