गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थप

135

काठमाडौं, असार ३०:निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समयावधि थपिएको छ । विमानस्थल निर्माणको बाँकी काम सम्पन्न गर्न आगामी डिसेम्बर २०१९ अर्थात् पुस १६ गतेसम्म निर्माण अवधि थपिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आयोजना निर्माणको करीब अन्तिम चरणमा रहेको र बाँकी काम सम्पन्न गर्न केही समय लाग्ने भएकाले समयावधि थप गरिएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । निर्माणको समयावधि थपिए पनि लागतमा कुनै फरक नपर्ने उहाँले बताउनुभयो । विमानस्थलको भौतिक प्रगति ७३ प्रतिशत रहेको छ । विमानस्थलको तीन हजार ६० मिटरको धावनमार्गको मुख्य काम पनि सकिएको छ । सो विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । विमानस्थल निर्माणमा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here